Breaking News

आइफोन ८ आज सार्वजनिक || iPhone 8: Release date and time

क्यालिफोर्निया- एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ।
आइफोन ७ पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीलाई सुधार गर्दै आइफोन ८ बजारमा ल्याउन लागेको एप्पल कम्पनीले जनाएको छ।


आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियममा एक भब्य कार्यक्रमको आयोजना गर्ने बताएको छ। उक्त समारोहमा आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले प्रेस क्षेत्रलाई समेत निमन्त्रणा दिएको छ।

आइफोन ८ मा भएको  बिशेसता  भने
यसबाट मानिसको अनुहारसमेत पहिचान गर्न सकिने छ
आइफोन एटमा होम बटनको ठाँउमा एज टु एज बटन, फेसियल रिकग्नाइजेसन ,एलइडी डिस्प्ले र ताररहित चार्जिङको सुविधा रहने दाबी एप्पलको छ।
यसमा दुई क्यामरा १२८ र १२६ इन्टरनल स्टोरेज भेरियन्ट तथा टच आईडी , फेस स्क्यानिङ लगायतको प्रविधि रहेको छ। धुलो तथा धुवाँले असर नगर्ने प्रविधिको समेत यसका प्रयोग गरिएको छ।
आइफोनमा टच आइडीको विकल्पका रूपमा फेस आइडीको प्रयोग गरिएको छ जसले अध्याँरोमा समेत काम गर्न सक्छ।

No comments