सिभिल बैंकको ४२ लाख कित्ता सेयर नबिकेर लिलाममा
काठमाण्डौं, फागुन १६ – सिभिल बैंकले निश्काशन गरेको ४० प्रतिशत हकप्रदमा ४२ लाख ३८ हजार कित्ता सेयर नबिकेर लिलाममा आएको छ ।
एउटै बैंकको यत्ति धेरै कित्ता हकप्रद नबिकेर लिलाममा आएपछि दोस्रो बजारसमेत प्रभावित हुने भएको छ । सिभिलको अहिले दोस्रो बजारमा साधारण सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँ रहेकोछ ।
सिभिलले हकप्रदमा नबिकेको ९ लाख ९४ हजार तिन सय ५९ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर फागुन २३ देखि चैत्र १ गतेसम्म लिलाम बढाबढमा राखेको छ ।
सिभिलको सेयर लिलाममा सकार्न चाहनेहरुले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिनसक्ने जनाईएको छ ।
No comments