Breaking News

DJ Gnale

kathmandu balaju. अहिलेको जेनेरेशनले खोजे अनुसारको “डिजे गानाले.. ” भन्ने डान्सींङ्ग गीत हालसालै बजारमा ल्याइएको छ ।
बर्दियाको बाँसगढी नगरपािलका ९ माछागढ बस्ने दानबहादुर वि. क. को मुख्य स्वर रहेको सो भिडियो गीत अहिले स्रोतामाझ निकै लोकप्रिय बनेको छ । डिजे गानामा गायीका  सम्झना लामिछाने दानबहादुरलाई स्वरमा साथ दिएकी छिन् । शब्द,संगीत,लय सबै मिलेको फास्ट गीत डिजे गानाले सुन्न युवायुवतीहरु निकै आतुर भएका छन् । युटुब मार्फत अपलोड गरिएको सो गीत छोटो समयमा बजारमा निकै हिट बनिरहेको छ ।
सार्क राष्टको एक नम्बर क्लबमा सुटिंग भएको सो म्युजिक भिडियो हेरेपछि दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्ने गायक दानबहादुर बि कले बताए ।  अहिलेको जेनेरेशनले खोजेको गीत छ ,धेरै मन पराउनु भाछ । सबैबाट सहयोग हुने अपेक्षा गरेको छु ः गायक बि कले भने ।
विशाल निरौलाको एरेन्जरमा, सुबाश कार्की (कार्कीजी)को रयापरमा कम्पनि सनसाइनfilms प्रा.लि.ले सो गीत बजारमा ल्याएको हो। उमेश मुस्कानको लय शब्द रहेको गीतको  निर्देशन
आहिले का चर्चित निर्देशक  राम गौतमले गरेका छन् ।
कोचे मल्टीमिडिया प्रालि लिमिटेड बागबजारले  गरेको गीतमा नवोदित मोडल आरुसी मगर र निरेन श्रेष्ठको अभिनयले युवा पुस्ता र टीन एजरलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ ।
प्रेमशर्मा पौडेलले इडिट गरेको सो  म्युजिक भिडियो म्युजिक नेपालको  युटुब मार्फत बजारमा ल्याएको हो

No comments