होली पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए सन्देश
काठमाडौं, फागुन १७ – फागु
पूर्णिमा अर्थात् होली पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति,
प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना
सन्देश दिँदै जातीय तथा धार्मिक-सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा
रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस
पर्व मनाउने गरेको उल्लेख गरेकी छिन् ।
उनले यो पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति
नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक
सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै
राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि
होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने
विश्वास व्यक्त गरेका छन् ।
उनले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा मनाइने पनि उल्लेख गरेका छन् ।
No comments