नेप्से दोहोरो अंकले घट्यो, कारोबारमा भने सुधार
काठमाण्डौं, फागुन १६ – नेप्से सूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा ओर्लिएको छ। समग्रमा बजार १.३८% ले रातो भएको हो ।
कारोबार भएका १० वटै समूहका सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै इन्सुरेन्स समूहको सूचक १५१.२२ अंकले घटेको छ ।
कुल १६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा प्रभु बैंक अघि आएको छ । प्रभुको ६ करोड ४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा भने क्रमशः प्राइम लाइफ इन्सुरेन्स र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।
सुर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी करिब ३.९९ प्रतिशत कमाएका छन् । सिभिल बैंकका शेयर धनीले सबैभन्दा बढी ५.८४ प्रतिशत गुमाएका छन् ।
No comments