Breaking News

सिद्धार्थ बैंकले तोक्यो बोनस सेयरको बुकक्लोज

काठमाण्डौं, फागुन ११ – सिद्धार्थ बैंक (SBL) ले १६ औ बार्षिक साधारण सभाका लागि फागुन २० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार फागुन १९ गते कायम रहेका सेयरधनी बोनस पाउन योग्य हुनेछन् ।

बैंकले साधारणसभा चैत ४ गते गर्ने भएको छ । उक्त सभाको विशेष प्रस्तावमा शेयरधनीहरुको लागि १४ प्रतिशत बोनश शेयर पारित गरी वितरण गर्ने रहेको छ । राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना हुने सभाले लेखा परीक्षक नियुक्त गर्नेछ ।

अहिले बैंकले १०% हकप्रद पनि बिक्री गरिरहेको छ । सिद्धार्थले हकप्रद बिक्री गर्नुभन्दा अघि कायम चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी (वार्षिक) २२ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५१ पैसा छ ।

No comments