Breaking News

राष्ट्रपतिको सपथ विवाद सर्वोच्चमा

Bidhya Devi Bhandari 

काठमाण्डौं, चैत १३ –  राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर २०७४ साउन २१ गते नै पुगेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकासम्बन्धी विवादमा परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि शपथका विषयमा सुनुवाइ हुने भएको हो ।

अधिवक्ता नारायण खरेलले दायर गर्नुभएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो तर न्यायाधीश खतिवडाको इजलासमा पेश गरेको निवेदनमाथिकै सुनुवाइ भएपछि थप बहस हुने भएको हो ।

फागुन ३० गते अपरान्ह ४ बजे भएको राष्ट्रपति भण्डारीको सपथको केही समयअघि मात्रै तत्कालिन प्रधानन्यायाधीश पराजुलीले अवकाशको पत्र पाएका थिए । पराजुलीले चैत १ गते पदबाट राजीनामा दिएका थिए ।

No comments