Breaking News

विश्वकप क्रिकेट छनोट : अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित


हारमा नेपालको ह्याट्रिक, अफगानिस्तानसँग ६ विकेटले पराजित 
 काठमाण्डौं, फागुन २६ – आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रेका नेपालले दिएको १९५ रनको चुनौती अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालले योसँगै हारमा ह्याट्रिक गरेको छ । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वे र स्कटल्यान्डसँग पराजित भइसकेको छ ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ तथा ज्ञानेन्द्र मल्लले समान २३÷२३ रन बनाउन सफल भए । नेपालका अन्य ब्याटसम्यान राम्ररी चल्न सकेनन् ।

अफगानिस्तानको लागि मोहम्द नावी ले ४ विकेट लिन सफल भए । यसैगरि रसिद खानले ३ विकेट लिएका थिए भने सपुरजर्दनले २ र मुजिव उर रहमानले १ विकेट लिएका थिए ।

No comments