Breaking News

साताको अन्तिम दिन झिनो अंकले बढेर नेप्से हरियो



काठमाडौं, चैत १ –  नेपाल स्टक मार्केट (नेप्से) साताको अन्तिम दिन झिनो अंकले बढेर बन्द भएको छ ।  बिहीबार २.४० अंकले नेम्से बढेको हो भने २३ करोडका कारोबार भएको छ ।

यस दिन नेपाल बैंकको सबै भन्दा धेरै  १ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्र स्थानमा रह्यो । यसको १ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

यस दिन सोल्टि होटलका लगानीकताले ४ प्रतिशत कमाए । त्यस्तै बरुण हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे ।

त्यस्तै सिभिल लघुवित्त वित्तिय संस्था र बल्र्ड मर्चेन्ट बैंकका लगानीकर्ताले समान ३ प्रतिशत गुमाए ।

No comments