काठमाण्डौं, चैत १५ – भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।
बुधवार थुनुवाहरूले भाग्ने प्रयासस्वरूप म्याट्रेसहरूमा आगो लगाएपछि
आगलागी सुरू भएको जनाइएको छ । थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर
धेरैजनाको ज्यान गएको बताएका छन् । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका
महिला तथा बालबालिका पनि छन् ।
कैदीहरूले खचाखच भेनेजुएलाका जेलहरूमा हिंसा र हिंसात्मक झडप यो पहिलो भने होइन ।
No comments