Breaking News

६० रसियन कुटनीतिज्ञलाई अमेरिका छाड्न ट्रम्पको निर्देशन

trump-putin 
काठमाण्डौं, चैत १२  –  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० जना रसियन कुटनीतिज्ञलाई गुप्तचरी गरेको आरोपमा सात दिनभित्र  अमेरिका छाड्न निर्देशन दिएका छन् ।

पूर्व रसियन जासुस सेरजेई स्क्रीपल र उनका छोरीलाई विषादी सेवन गराई बेलायतमा हत्या प्रयासको घटनाको प्रतिक्रियास्वप राष्ट्रपति ट्रम्पले रसियाविरुद्ध कडा कदम चालेको अमेरिकन सञ्चारमाध्यमकरुले जनाएका छन् ।

ट्रम्प र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्बन्ध सुधारको प्रयास भइरहेको भनिएका बेला अमेरिकाले रसियाविरुद्ध कडा कदम लिएको हो ।

राष्ट्रपछि पुनः निर्वाचित भएकोमा गत साता मात्र ट्रम्पले पुटिनलाई बधाई दिदै सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरेका थिए ।

No comments