बल ट्याम्परिङ काण्डपछि अष्ट्रेलियाली कप्तानलाई एक खेलका लागि निलम्बित
काठमाण्डौं, चैत १२ – अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले खेलका क्रममा आफूले छल गर्न खोजेको स्वीकारेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उनलाई एक टेस्ट खेलका लागि निलम्बन गरिदिएको छ ।
साथै स्मिथले एक खेल खेलेबापत उनले पाउने पूरै शुल्क जरिवाना स्वरुप तिर्नुपर्ने आईसीसीले जनाएको छ ।
शनिबार स्मिथले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट म्याचमा अर्का एक खेलाडीलाई बलको वास्तविक स्वरुप बिगार्न अर्थात् बल ट्याम्परिङ गर्न अह्राएको स्वीकारेका थिए ।
No comments