उपसभामुख तुम्बाहाम्फेद्वारा एमालेको पार्टी सदस्यताबाट राजीनामा
काठमाण्डौं, चैत १२ – उपसभामुख शिवमाया तुम्बाहाम्फे लिम्बूले नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छिन् ।
उपसभामुख तुम्बाहाम्फे लिम्बूले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराईकी हुन् ।
उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भईकी थिईन् ।
No comments