विश्वकप क्रिकेट छनोटः नेपाल 'गर या मर'को अवस्थामा, हङकङलाई हराउनै पर्ने
काठमाडौं, फागुन २८ - जिम्बावेमा जारी आइसीसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल आज हङकङसँग खेल्दैछ ।
समूह ‘बी’ मा रहेको नेपाल लगातार तीन खेल हारेर सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।
तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।
एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।
एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्नैपर्ने हुन्छ ।
No comments