Breaking News

आइपिएल: इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किङस पञ्जावसँग ४ रनले पराजित

IPL 
काठमाण्डौं, वैशाख ३ –  इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किङसले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा किङ्स इलावेन पञ्जावसँग ४ रनले पराजित हुन पुग्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै एक सय ९७ रन बनायो ।

पञ्जावका लागि क्रिस गेलले विस्फोटक ६३ रन बनाए भने लोकेश राहुलले ३७ रनको योगदान गरे । यस्तै मायाङक अग्रवालले ३० तथा करुन नायरले २९ रन थपे ।

जवाफमा चेन्नेई २० ओभरमा ५ विकेट गुमाउदा एक सय ९३ रनमा रोकियो । कप्तान महेन्द्रसिंह धोनीले अविजीत ७९ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

उसका लागि धोनीबाट अम्बाती राइडुले ४९ तथा रविन्द्र जडेजाले १९ रन बनाए । तर बाकि खेलाडी सस्तैमा आउट भए ।

चेन्नेईलाई हराएको पञ्जावले चार अंक बनाएको छ भने चन्नेईको पनि चार अंक नै रहेको छ ।

No comments