Breaking News

प्रदेश २ मा बुधवार दोस्रोपटक मन्त्रिमण्डल विस्तार

काठमाण्डौं, फागुन १६  – प्रदेश २ का मुख्यामन्त्री लालबाबु राउतले आज आफ्नो मन्त्रीमण्डल विस्तार गरेका छन् ।

प्रमुख सत्ता साझेदार राजपा नेपालले अाफ्नो भागमा पर्ने मन्त्रीको नाम टुंगो लगाएपछि दोस्रो पटक प्रदेश २को मन्त्रीपरिषद् विस्तार भएकाे हाे ।

बुधबार विस्तार भएकाे मन्त्रीमण्डलमा फोरम र राजपाका २–२ जना मन्त्री र  फाेरमका ३ जना राज्यमन्त्री बनेका छन् ।

योसँगै प्रदेश २ काे मन्त्रिमण्डल १० सदस्यीय बनेको छ।

No comments