Breaking News

सेतो मच्छिन्द्रनाथ रथजात्रा हुनमान ढोकाबाट लगन पुर्याइयो

seto machindranath 
 काठमाण्डौं, चैत १३ – आईतबार सुरु भएको सेतो मच्छिन्द्रनाथको रथजात्रा मंगलबार लगन पु-याइएको छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन यो रथजात्रा सुरु गर्ने गरिन्छ । मंगलबार दिउँसो हुनमान ढोकाबाट रथजात्रालाई लगन पु-याइएको छ ।

राष्ट्रध्यक्षको रुपमा राष्ट्रपतिले मच्छिन्द्रनाथको दर्शन गर्ने प्रचलन पनि रहि आएको छ । सेतो मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरि भोज खाने चलन रहिआएको छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा लगन पुगेपछि सम्पन्न हुन्छ ।

मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानीको रुपमा पनि लिइन्छ ।

No comments