भावी प्रधानन्यायाधीशका लागि तीनजनाको नाम संवैधानिक परिषद्मा पठाईयो
काठमाण्डौं, चैत १३ –
भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम
मध्येका ३ जना न्यायाधीशको अभिलेख संवैधानिक परिषद्मा पठाउने निर्णय गरेको
छ ।
परिषद्ले सर्वोच्च अदालतका कायममुकायम
प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र
शम्सेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको हो ।
प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा ३ वर्ष काम गरेको पुग्नुपर्ने व्यवस्था छ ।
नेपालको संविधानको धारा २८४ को उपधारा ३
बमोजिम न्यायपरिषद्ले अभिलेख पठाएपछि संवैधानिक
परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्ने व्यवस्था छ ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय
सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने
संवैधानिक प्रावधान छ ।
No comments