Breaking News

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा

traffic light 
 काठमाण्डौं, चैत १४ –   एक दशकपछि काठमाडौं उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि मंगलबारदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन ।

नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो ।

नयाँ बत्तीमध्ये नयाँ बानेश्वर चोकको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल र नारायणगोपाल चोकको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोर्ट थिचेर उद्घाटन गरेका थिए ।

यार्सा टेक्नोलोजी प्रालिले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको छ । बत्ती स्वचालित र रिमोर्ट दुवै तरिकाले सञ्चालन गर्न सकिन्छ ।

No comments