उत्तर कोरियाली नेता किम अचानक चीन पुगे
काठमाण्डौं, चैत १४ – उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा रहेको चीन र उत्तर कोरियाले पुष्टि गरेको छ ।
उत्तर नेता उनलाई मंगलबार चीनस्थित विशेष रेलमा सवार भएको टेलिभिजन फुटेज स्थानीय सञ्चार माध्यमले प्रशारण गरे पनि दुबै राष्ट्रले भ्रमणको बारेमा आधिकारिक जानकारी दिएका थिएनन् ।
संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताको अघि यो भ्रमण भएको हो ।
चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तराष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ ।
No comments