Breaking News

ओयाक्जुङमा बीउ बैंक स्थापना

काठमाण्डौं, फागुन १८ – फेदाप गाउँपालिका–२, ओयाक्जुङमा रहेको जनकल्याण सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ ।

गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका हुन् ।

गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् । प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको तथा आधुनिक उन्नत जातको बीउमा किसानको पहुँच नपुगेको भन्दै जिल्लाका गाउँ गाउँमा खुलेका सहकारीले बीउ संरक्षण गर्ने अभियान थालेका छन् ।

स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको सहयोगमा गाउँमा खुलेका सहकारीले बीउ बैंक स्थापना गरेका छन् ।

No comments