Breaking News

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एडीबीको कडाई


काठमाडौं, चैत ५ – राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक एडीबी पर्ख र हेरको अवस्थामा पुगेको छ ।

एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन नेपाल सरकारसँग नयाँ प्रस्ताव राखेको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले काम तीव्र गतिमा अगाडि बढाएर देखाउन एडीबीले समय दिएको बताए ।  ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया लगानीमा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान लगानी छ ।

यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो । एडीबीले एक अर्ब ५० करोड भुक्तानी गरिसकेकेको छ ।

No comments