पुटिन ठूलो मत अन्तरले विजयी
काठमाडौं, चैत ५ – भ्लादिमिर पुटिन आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने भएका छन् । आइतबार भएको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति पुटिन ठूलो मतान्तरले विजयी भएका हुन् ।
अधिकांश मत गणना भइसक्दा उनले ७६ प्रतिशत मत ल्याएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
चुनावमा प्रमुख प्रतिपक्षी नेता एलेक्सिइ नावाल्नीलाई उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो । पुटिन राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि रुसको प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् ।
मस्कोमा भएको ¥यालीलाई सम्बोधन गर्दै पुटिनले मतदाताले पछिल्ला वर्षमा भएको उपलब्धीलाई मूल्यांकन गरेको बताएका छन् ।
No comments