Breaking News

आर्थिक श्वेतपत्र जारी गर्ने सरकारको तयारी

artha-mantralaya 
काठमाण्डौं, चैत १४ –  मुलुकको वर्तमान आर्थिक अवस्था र सरकारको आगामी योजना नीति समावेश गरेर सरकारले स्वेतपत्र ल्याउने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र मन्त्रिपरिषदबाट अनुमोदन गराएर मात्र सार्वजिनक गर्ने तयारी गरेका छन् । श्वेतपत्रमा मुलुकको वर्तमान आर्थिक स्थिति र भावी रणनीतिबारे उल्लेख गरिने गरिन्छ ।

अर्थमन्त्रालय श्रोतका अनुसार श्वेतपत्र शुक्रबार सार्वजनिक हुने छ । भोली बिहीवार संघीय संसदमा राष्ट्रपति बिद्यादेवि भण्डारीले सम्वोधन गर्ने कार्यक्रम भएकाले शुक्रवार सार्वजनिक हुने सम्भावना बढेको हो ।

श्वेतपत्रले बैकहरूमा देखिएको तरलता संकट समाधान गर्ने तत्कालिक उपायको खाजी कसरी गर्ने छ भनेर बैंक तथा वित्तीय संस्थाले ब्यग्रतापूर्वक हेरेका छन् । यसरी नै श्वेतपत्रमा निरन्तर घटेको सेयर बजारलाई बिश्वासमा लिएर के कार्यक्रम आँउछ भन्ने विषयमा लगानीकर्ताले चासो दिएको छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पाेखरेलले पनि श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम अाउने जानकारी दिएका छन् ।

No comments