Breaking News

विश्वकपमा छनोटमा नेपाल र पिएनजी भिड्दै, दुवैको लक्ष्य एकदिवसीय मान्यता

 
काठमाडौं, चैत १ –   आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा आज दिउँस नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । 

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ ।

४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ । खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ ।
सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ । त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ ।

पुरानो हरारियन स्पोर्ट्स मैदानको तथ्यांक
पहिलो इनिङको औषत स्कोर : २९० रन
दोस्रो इनिङको औषत स्कोर : १९६ रन
मैदानको उच्च स्कोर : ३५७/४
मैदानको कम स्कोर : ९१/१०
उच्च लक्ष्य पार : २०१ रन

टिम नेपाल
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी ।

टिम पपुवा न्युगिनी 
असद भाला (कप्तान), चार्ल्स अमिनी, सेसे बाउ, माहुरु दाइ, किप्लिन डोरिगा, जासोन किला, भानी मोइरा, अलेइ नाओ, दामेइन राभु, जोन रिभा, लेगा सिएका, चाड सोपर, टोनी उरा, नोर्मान भनुवा, ज्याक भारे ।

No comments