Breaking News

उन्नतिले प्रस्ताव गर्यो २५ प्रतिशत हकप्रद


No automatic alt text available.

काठमाडौं, चैत १ –  उन्नति माइक्रोफाइनान्स (UMB) ले २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

लघुवित्तले प्रस्ताव गरेको हकप्रद पारित गर्न चैत्र २१ गते बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि चैत्र ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत पुसमा एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा सुचीकृत भई कारोबार समेत सुरु भइसकेको छ ।

आइपिओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ५० लाख पुगेको छ । २५ प्रतिशत हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी ६ करोड ८७ लाख पुग्नेछ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।

No comments