नर्भिकका दुई डाक्टरको लाइसेन्स खारेज हुँदै
काठमाडौं, फागुन २० – नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आएरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले बताए ।
११ फागुनमा चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको देब्रे खुट्टाको अप्रेसन गर्नुपर्नेमा नर्भिकमा कार्यरत डा. नेपाल र रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए ।
मेडिकल काउन्सिल स्रोतका अनुसार चिकित्सकमाथि जनताको विश्वास बढाउन पनि नर्भिकका दुई चिकित्सकको लाइसेन्स खारेज अनिवार्य छ ।
No comments