Breaking News

यौन शक्ति बढाउने घरेलु उपायहरु

काठाण्डौं, फागुन २७ – पर्याप्त यौन सन्तुष्टि नपाउँदा त्यसको प्रत्यक्ष असर सबैमा पर्ने बिभिन्न अध्ययनले देखाइसकेको छ । हाम्रो जस्तो संकुचित समाजमा यसको बारेमा खुलेर कुरा गर्न नसकिए पनि यसकै कारण कयौंको घरबार बिग्रेको उदाहरणहरु हाम्रो वरिपरि प्रशस्तै छन् ।
धेरै कारणले गर्दा यौन सन्तुष्टिमा कमि आउन सक्छ जस्तै थकान, मधुमेह रोग, शारिरिक दुर्बलता आदि । पार्टनर मध्ये कुनै एकको कारणले दोस्रोको जीवन पनि बर्बाद भइरहेको हुन्छ। यदि तपाइमा पनि यस्तै बिभिन्न समस्याले पिडित हुनुहुन्छ भने तपाइले घरेलु उपाय अपनाएर आफ्नो यौन शक्तिलाई बढाउन सक्नुहुन्छ । जुन औषधिहरु छन् जसलाई सजिलै उपयोग गरेर आफ्नो यौन दुर्बलतामाथि लाभ प्राप्त गर्न सकिन्छ ।
लसुन
सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ । सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ । लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।
तुलसी
तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन् ।
खरबुजा
खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले रक्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ ।
एभोकाडो 
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ । त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्ल्यान्डलाई सुचारु र स्वस्थ अवस्थामा राख्छ । थाइराइड ग्ल्यान्डको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन् ।
बदाम
बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ। बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।
केरा
केरालाई फिल्महरूमा सेक्स सिम्बोलका रूपमा पनि प्रस्तुत गरिन्छ । केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् ।
अन्डा 
अन्डाले यौन शक्ति बढाउने गर्छ । यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन् । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन्। त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोन बढाउने गर्छ ।
रातो खुर्सानी
रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ । यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ।
अदुवा
अदुवाले तपाईंको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउने गर्छ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ।

No comments