बोक्सीको आरोपमा कुटिएकी युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बित
काठमाण्डौं, फागुन २७ – बोक्सीको आरोपमा कैलालीमा कुटिएकी युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बनमा परेका छन् ।
घोडाघोडी नगरपालिका –५ देउकलियाकी १८ वर्षे राधा चौधरीलाई बोक्सीको आरोपमा गएको बिहीबाार निर्घात कुटपिट भएको थियो । घटनाको जाहेरी गर्न नमानेको भन्दै पीडित पक्षले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव निरीक्षक दिनेश विष्टलाई नेपाल प्रहरीले निलम्बन गरेको हो ।
विष्टले भने आफूले कुटपिट गर्नेलाई पक्राउ गरेर जाहेरी दर्ता गर्न खोजेको तर घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीको दबाबपछि उनकै रोहबरमा पीडकलाई छाडेको बताएका छन् ।
यता राधालाई कुट्ने धामी रामबहादुर चौधरी र किस्मती चौधरीलाई भने पक्राउ परिसकेका छन् ।
No comments