Breaking News

रोल्पाका १२१ विद्यार्थी एसईई परीक्षाबाट बञ्चित

काठमाण्डौं, चैत ४ – परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
विद्यालयमा दैनिक हाजिरी नहुने वा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षामा सामेल हुन नपाउने भएका हुन् । शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ ।
उनीहरुले एसईई परीक्षामा सामेल हुन गत असारमा आवेदन फाराम भरेको भएपनि हाजिरी नपुगेका कारण परीक्षामा सहभागी हुन नपाउने भएका जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले जानकारी दिए ।
रोल्पामा यस वर्ष सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेडवृद्धि गरी तीन हजार ५९२ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् ।

No comments