Breaking News

पर्वतमा पर्वत स्टार डान्स कम्पिटिसन

पर्वत,यती बेला पर्वतमा धमाधम पर्वत स्टार डान्स कम्पिटिसन भै रहेको छ।बैशाख १बाट सुरु भएको पहिलो चरणको अडिस सकि बैशाख २२ बाट दिस्रो चरणको अडिसन हुने सोही कार्यक्रमका निर्णयक राम गौतम ले बताए।सोनि फिल्म को आयोजनामा गरिएको यस कार्यक्रममा विशेषगरी गाउँको कुना कन्दरामा लुकेका प्रतिभाहरु लाई उजागर गराउने यस कार्यक्रमको मुल लक्ष्य भएको कार्यक्रमका आयोजक प्रेम सोनि ले बताए।

बैशाख २२ गते बाट हुने दिस्रो चरणको अडिसनमा विशेष निर्णयका रुपमा शोभित बस्नेत लाई बोलाइएको आयोजक ले बताए।

पहिलो चरणको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको र अब हुने दोस्रो चरणको कार्यक्रम पनि सोही अनुरुप हुने विश्वासका साथ निर्णायक  राम गौतम बताए ।


No comments