Breaking News

हट मोडेल सोनिका रोकाया अब गायीका पनि (भिडियो सहित )

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायाको  अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो ।

गीतमा सोनिका रोकायको पनि स्वर रहेको छ । नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनिका हट अवतारमा प्रस्तुत भएकी छिन् । भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ ।गीतमा सोनीका रोकाया,शंकर र जेनेरेशन क्रुलाई फ़िचरिङ्ग गरिएको छ ।

 यो गीत चलचित्र निर्देशक सोभित बस्नेतले निर्देशन गरेका हुन् ।भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका हुन् ।पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई द मोन्टागेले सम्पादन गरेका हुन् ।

2 comments: