Breaking News

सलोनको धमाकेदार इन्ट्री चलचित्र बाबु कान्छाको टिजरमा


यतिबेला चर्चामा रहेका सलोन बस्नेत अभिनित प्रतिक्षित चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ। बाल कलाकार हुदा सबैको मन र मस्तिष्कमा रहन सफल भएका सलोन १७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र  ‘नेपाली बाबु’को झलक समेत  टिजरमा सार्वजनिक गरिएको  छ ।
असार २९ गते बाट प्रदर्शनमा आउने ‘बाबु कान्छा’मा सलोन सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन् ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारको रहेको छ ।
फिल्मको टिजर हेर्नका लागि भिडियोमा किलिक गर्नुहोस  

No comments