खुसी प्रतिवेदन सार्वजनिक, नेपाल भारतभन्दा अघि १०१ स्थानमा
काठमाडौं, चैत १ – फिनल्यान्ड संसारकै सबैभन्दा खुसी देश घोषित भएको छ ।
संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको एक प्रतिवेदनमा खुसी देशको सूचीमा नेपाल १०१औं स्थानमा छ । नेपालले कुल ४.८८० अंक पाएको छ ।
दक्षिण एसियाको खुसी देशमा नेपाल भुटानभन्दा मात्र पछि छ । भुटान ९७औं स्थानमा छ । छिमेकी मुलुक भारत १३३औं स्थानमा छ ।
कुल १५६ देशको सर्वेक्षण गरिएको थियो ।
No comments