Breaking News

नेप्से आज ३९ अंकले बढ्यो

nepse-today 

काठमाण्डौं, चैत १३ –  सोमबार ५२ अंकले ओरालो लागेको नेप्से आज थामिएर ३९.१६ बिन्दुले बढेको छ ।
आज कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ ।

व्यापारिक बाहेक नेप्सेमा कारोबार भएका सबै समूहका सूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै बिमा समूहको सूचक २९३.८६ अंकले बढेको छ । यस्तै, होटेल समूहको सूचक पनि १२६.२६ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहमा ३३.२७ अंकको तेजी आएको छ ।

कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको १० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल बैंक परेका छन् ।

निरन्तर शेयर बजार ओरालो लागेपछि लगानीकर्ता संघले सोमबारमात्रै बजार सुधारका लागि सरकारसँग माग गरेको थियो । संघको सकारात्मक पहलपछि बजारमा केही राहत महसुस गरिएको बताइएको छ ।

No comments